बालबालिकाका लागि Google Payments को गोपनीयतासम्बन्धी गाइड
आफ्नो उमेर छनौट गर्नुहोस्: ६ देखि ८ वर्ष ९ देखि १२ वर्ष
६ देखि ८ वर्ष
Google ले Google Payments मा भएका तपाईंका सामग्री कसरी सुरक्षित राख्छ भन्ने कुरा जान्न चाहनुहुन्छ?
यो पेज बालबालिकाका लागि तयार पारिएको हो! यो पेजमा Google ले Google Payments मा तपाईंको जानकारी कसरी प्रयोग गर्छ र उक्त जानकारी कसरी सुरक्षित राख्छ भन्ने जस्ता प्रश्नहरूको जवाफ दिइएको छ।
अभिभावकहरूका लागि: यो जानकारी १३ वर्ष (वा तपाईंको देशको कानुनले तोकेको उमेर) मुनिका बालबालिकाका Family Link मार्फत व्यवस्थापन गरिएका Google खाताहरूमा मात्र लागू हुन्छ। यस सम्बन्धमा थप जानकारी प्राप्त गर्न हाम्रो गोपनीयतासम्बन्धी सूचना र गोपनीयता नीति पढ्नुहोस्।
Google लाई कुन कुन जानकारी चाहिन्छ?
सबै उत्पादनहरूका हकमा Google ले जुन जुन जानकारी सङ्कलन गर्छ हामी पनि सोही जानकारी सङ्कलन गर्छौँ। तर Google Payments ले राम्रोसँग काम गरोस् भन्नाका लागि हामीलाई तपाईंका केही आधारभूत जानकारी पनि चाहिन्छ।
साइन-अपसम्बन्धी जानकारी
- तपाईंको ठेगाना र फोन नम्बर
- तपाईंको जन्म मिति
- तपाईंको क्रेडिट वा डेबिट कार्डसम्बन्धी जानकारी
- तपाईंको पहिचान पुष्टि गर्न आवश्यक पर्ने जानकारी
सबै कुरा सुरक्षित छ कि छैन भन्ने कुरा जाँच गर्न हामी कहिलेकाहीँ अलि बढी जानकारी माग्न सक्छौँ।
अन्य ठाउँहरूबाट प्राप्त जानकारी
- तपाईंले स्टोरहरूमा गर्नुभएका भुक्तानीसम्बन्धी जानकारी
- तपाईंको बैंक र क्रेडिट वा डेबिट कार्डसम्बन्धी जानकारी
तपाईंले कुनै सामग्री खरिद गर्दा सङ्कलन गरिने जानकारी
- तपाईंले कुनै सामग्री कहिले र कहाँ खरिद गर्नुभएको हो र उक्त सामग्रीको मूल्य कति हो भन्ने कुराको जानकारी
- तपाईंले क्रेडिट कार्ड वा डेबिट कार्ड प्रयोग गर्नुभएको छ कि छैन भन्ने कुराको जानकारी
Google ले मेरो जानकारी कुन कुन प्रयोजनका लागि प्रयोग गर्छ?
सबै उत्पादनहरूका हकमा Google ले तपाईंको जानकारी जुन जुन प्रयोजनका लागि प्रयोग गर्छ हामी पनि सोही प्रयोजनका लागि तपाईंको जानकारी प्रयोग गर्छौँ। यसका साथै हामी Google Payments का निम्नलगायतका कार्यहरू गर्न पनि तपाईंको जानकारी प्रयोग गर्छौँ:
- तपाईंलाई सहज रूपमा भुक्तानी गर्न सघाउन
- तपाईंले गर्नुभएको भुक्तानी तपाईं र तपाईंका अभिभावकलाई देखाउन
- तपाईंलाई मद्दत चाहिएका खण्डमा तपाईंका अभिभावकलाई तपाईंलाई मद्दत गर्ने तरिका बताउन
- ह्याकरहरूबाट तपाईंको जानकारी र पैसा सुरक्षित राख्न मद्दत गर्न
- तपाईंले Google Payments का नियमहरू पालना गर्नुभएको छ भन्ने कुरा सुनिश्चित गर्न
- तपाईंले भविष्यमा गर्ने भुक्तानीहरू सुरक्षित छन् कि छैनन् भन्ने कुराको निर्णय लिन
Google ले मेरो जानकारी सेयर गर्छ?
सबै उत्पादनहरूका हकमा Google ले तपाईंको जानकारी जुन जुन प्रयोजनका लागि सेयर गर्छ हामी पनि सोही प्रयोजनका लागि तपाईंको जानकारी अरूसँग सेयर गर्छौँ। यसका साथै Google Payments ले राम्रोसँग काम गरोस् भन्नाका लागि पनि हामी तपाईंको जानकारी अरूसँग सेयर गर्छौँ। यसका केही उदाहरणहरू यस प्रकार छन्:
- कानुनअनुसार सेयर गर्न मिल्ने भएमा
- तपाईंको खाता र भुक्तानीहरू सुचारु तथा सुरक्षित राख्न मद्दत गर्न
- तपाईंले गर्ने भुक्तानीहरू पूरा हुन्छन् भन्ने कुरा सुनिश्चित गर्न
मेरा अभिभावकसँग कुन कुन कुराको नियन्त्रण हुन्छ?
तपाईंका अभिभावकहरू निम्न कार्य गर्न सक्नुहुन्छ:
- Google Payments मा तपाईंका लागि नयाँ कार्डहरू हाल्न
- तपाईंले आफ्नो कार्ड प्रयोग गर्दा र हटाउँदा इमेलहरू प्राप्त गर्न
- Family Link मा गई तपाईंले गरेका भुक्तानीहरू हेर्न र पेमेन्ट कार्डहरू हटाउन
Google ले मेरो जानकारी कसरी सुरक्षित राख्छ?
तपाईंको जानकारी सुरक्षित राख्न Google ले कडा मेहनत गर्छ। तपाईं आफ्ना पासवर्ड र PIN हरू गोप्य राखेर मद्दत गर्न सक्नुहुन्छ।
याद राख्नु पर्ने महत्त्वपूर्ण कुराहरू:
- आफ्नो खाता कोसँग सेयर गर्ने भन्ने कुरामा सावधान रहनुहोस्।
- आफ्नो डिभाइस कसकसलाई प्रयोग गर्न दिने भन्ने कुरामा सावधान रहनुहोस्।
- तपाईंलाई आफ्नो Google Payments अब सुरक्षित छैन जस्तो लागेमा आफ्ना अभिभावकलाई बताउनुहोस्।
९ देखि १२ वर्ष
Google Payments प्रयोग गर्दा आफ्नो गोपनीयताका बारेमा जान्न चाहनुहुन्छ?
तपाईं सही ठाउँमा आउनुभएको छ! बच्चाहरूले सबैभन्दा बढी सोध्ने प्रश्नहरू (जस्तै, हामी तपाईंको जानकारी कसरी प्रयोग गर्छौँ र उक्त जानकारी सुरक्षित राख्न कसरी मद्दत गर्छौँ) पढ्नुहोस्।
अभिभावकहरू, यो जानकारी १३ वर्ष (वा तपाईंको देशको कानुनले तोकेको उमेर) मुनिका बालबालिकाका Family Link मार्फत व्यवस्थापन गरिएका Google खातामा मात्र लागू हुन्छ। यस सम्बन्धमा थप जानकारी प्राप्त गर्न हाम्रो गोपनीयतासम्बन्धी सूचना र गोपनीयता नीति पढ्नुहोस्।
Google लाई कुन कुन जानकारी चाहिन्छ?
सबै उत्पादनहरूका हकमा Google ले जुन जुन जानकारी सङ्कलन गर्छ हामी पनि सोही जानकारी सङ्कलन गर्छौँ। तर Google Payments ले राम्रोसँग काम गर्छ भन्ने कुरा सुनिश्चित गर्न हामीले अन्य जानकारी पनि माग्नु पर्ने हुन सक्छ।
साइन-अपसम्बन्धी जानकारी
हामीले तपाईंको Google खातामा भण्डारण गर्ने केही जानकारी यहाँ दिइएका छन्। केही डेटा तपाईंको डिभाइसमा भण्डारण गर्न सकिन्छ।
- ठेगाना
- फोन नम्बर
- जन्म मिति
- क्रेडिट वा डेबिट कार्डसम्बन्धी जानकारी
- तपाईंको पहिचान पुष्टि गर्न आवश्यक पर्ने जानकारी, जस्तै: परिचयपत्र
हामी कहिलेकाहीँ तपाईंलाई थप जानकारी पठाउन वा तपाईंको जानकारी वा पहिचान पुष्टि गर्न सघाउन प्रश्नहरूको उत्तर दिन लगाउन सक्छौँ।
अन्य ठाउँहरूबाट प्राप्त जानकारी
हामी तपाईंका बारेमा अन्य ठाउँहरूबाट जानकारी प्राप्त गर्न सक्छौँ, जस्तै:
- तपाईंले स्टोरहरूमा Google Payments मार्फत कारोबार गर्दा प्राप्त हुने जानकारी
- तपाईंले Google Payments मा लिंक गरिएका अन्य ठाउँका भुक्तानी विधि र खाताहरू प्रयोग गर्ने तरिकासम्बन्धी जानकारी
- तपाईंको बैंक वा कार्ड जारीकर्ता
- तपाईंको भुक्तानी विधिबाट प्राप्त हुने लाभहरू
- तपाईंको खाता र तपाईंले गर्ने भुक्तानीहरू विश्वसनीय छन् भन्ने कुरा सुनिश्चित गर्न तपाईंले अन्य ठाउँबाट गरेका भुक्तानीसम्बन्धी जानकारी
तपाईंले कुनै सामग्री खरिद गर्दा सङ्कलन गरिने जानकारी
तपाईंले कुनै कुरा खरिद गर्न Google Payments प्रयोग गर्दा हामी कारोबारसम्बन्धी निम्नलगायतका जानकारी सङ्कलन गर्न सक्छौँ:
- मिति, समय र रकम
- स्टोरको लोकेसन र वर्णन
- तपाईंले भुक्तानी गर्न प्रयोग गर्नुभएको तरिका
Google ले मेरो जानकारी कुन कुन प्रयोजनका लागि प्रयोग गर्छ?
सबै उत्पादनहरूका हकमा Google ले तपाईंको जानकारी जुन जुन प्रयोजनका लागि प्रयोग गर्छ हामी पनि सोही प्रयोजनका लागि तपाईंको जानकारी प्रयोग गर्छौँ। यसका साथै हामी तपाईंले हामीलाई उपलब्ध गराउने जानकारी निम्नलगायतका कार्यहरू गर्न पनि प्रयोग गर्छौँ:
- तपाईंको Google Payments मा समस्या आएका खण्डमा कसैलाई (जस्तै, ग्राहक सेवा) तपाईंका अभिभावकलाई मद्दत गर्न लगाउन
- तपाईंको जानकारी चोर्न वा तपाईंको अनुमतिविनै तपाईंको पैसा खर्च गर्न खोज्ने मान्छेहरूबाट तपाईं, अन्य मान्छे र Google का सामग्री सुरक्षित राख्न मद्दत गर्न
- स्टोर वा अन्य कम्पनीहरूलाई तपाईंले ती स्टोर वा अन्य कम्पनीसँग मागेका कुरा दिन मद्दत गर्न
- तपाईंले Google Payments का नियमहरू पालना गर्नुभएको छ भन्ने कुरा सुनिश्चित गर्न
- तपाईंले भविष्यमा Google Payments मा गर्ने कारोबारका सम्बन्धमा निर्णय लिन
- तपाईंलाई आफ्नो भुक्तानी विधिले गर्ने अन्य उपयोगी कुराहरूका बारेमा थाहा छ भन्ने कुरा सुनिश्चित गर्न
तपाईं जहिलेसम्म Google Payments प्रयोग गर्नुहुन्छ हामी त्यतिन्जेलसम्म तपाईंले हामीलाई दिएका जानकारी भण्डारण गरेर राख्न सक्छौँ। हामीले कानुनको पालना गर्न आवश्यक परेका खण्डमा भने हामी अझ लामो समयसम्म पनि तपाईंको जानकारी भण्डारण गरेर राख्न सक्छौँ।
Google ले मेरो जानकारी अरूसँग सेयर गर्छ?
सबै उत्पादनहरूका हकमा Google ले तपाईंको जानकारी जुन जुन प्रयोजनका लागि सेयर गर्छ हामी पनि सोही प्रयोजनका लागि तपाईंको जानकारी अरूसँग सेयर गर्छौँ। तर हामी निम्नलगायतका अन्य केही प्रयोजनका लागि पनि तपाईंको जानकारी Google बाहिरका अन्य मान्छेहरूसँग सेयर गर्न सक्छौँ:
- कानुनअनुसार सेयर गर्न मिल्ने भएमा
- तपाईंको खाता चालू राख्न, तपाईंले खरिद गरेका सामग्री डेलिभरी हुन्छन् भन्ने कुरा सुनिश्चित गर्न, तपाईंको खाता अझ सुरक्षित राख्न, तपाईंलाई जानकारी चोरी गर्न वा ठगी गर्न खोज्ने मान्छेहरूबाट सुरक्षित राख्न वा हाम्रो दैनिक व्यवसाय सञ्चालन गर्न
- तपाईंको भुक्तानी विधि सुरक्षित छ र उक्त भुक्तानी विधिले अझै पनि काम गर्छ भन्ने कुरा सुनिश्चित गर्न
- अन्य ठाउँहरूले उपलब्ध गराउने सेवामा तपाईंको नाम दर्ता गर्ने प्रक्रिया पूरा गर्न
Google सँग अन्य केही कम्पनीहरूको स्वामित्व छ वा Google ले तिनको नियन्त्रण गर्छ। ती कम्पनीहरूलाई आफ्नो दैनिक व्यवसाय सञ्चालन गर्न तपाईंको जानकारी चाहिएका खण्डमा हामी कहिलेकाहीँ उनीहरूसँग तपाईंको जानकारी सेयर गर्छौँ। यसमा हामीले अन्य ठाउँहरू (जस्तै, तपाईंले किनमेल गर्ने स्टोरहरू) बाट प्राप्त गर्न सक्ने जानकारी पनि समावेश हुन्छ।
मेरा अभिभावकसँग कुन कुन कुराको नियन्त्रण हुन्छ?
तपाईंका अभिभावक निम्न कार्य गर्न सक्नुहुन्छ
- हालिएको हरेक पेमेन्ट कार्डका लागि प्रत्यक्ष रूपमा अनुमोदन गर्ने
- तपाईंले आफ्नो कार्ड प्रयोग गर्दा र हटाउँदा इमेलहरू प्राप्त गर्न
- तपाईंले Google Payments मार्फत गरेका कारोबारहरूको समीक्षा गर्न र Family Link मा गई पेमेन्ट कार्डहरू हटाउन
Google Pay ले मेरो जानकारी कसरी सुरक्षित राख्छ?
तपाईंलाई सुरक्षित राख्नका निम्ति Google ले एकदमै धेरै मेहनत गर्छ तर तपाईंले आफ्नो खाताको पासवर्ड, PIN र अन्य महत्त्वपूर्ण जानकारी गोप्य राख्न जरुरी हुन्छ।
ध्यान दिनु पर्ने कुरा:
- तपाईंले अन्य ठाउँहरूसँग आफ्नो Google खातासम्बन्धी जानकारी सेयर गर्नुभयो भने ती ठाउँले तपाईंको Google भुक्तानी प्रोफाइल र तपाईंको व्यक्तिगत जानकारी एक्सेस गर्न सक्ने छन्
- तपाईं आफ्नो डिभाइस वा Google Wallet एप कसकसलाई एक्सेस गर्न दिनुहुन्छ भन्ने कुरामा सावधान रहनुहोस्
तपाईंलाई आफ्नो Google Wallet एप अब सुरक्षित छैन जस्तो लाग्छ भने तपाईंका अभिभावकले Google लाई जानकारी गराउन सक्नुहोस् भन्नाका लागि उहाँसँग मद्दत माग्नुहोस्।
पछिल्लो पटक संशोधन गरिएको मिति: मार्च १६, २०२६
© 2026 Google – Google Google का सेवाका सर्तहरू गोपनीयतासम्बन्धी यसअघिका सूचनाहरू