Google Payments को गोपनीयतासम्बन्धी सूचना

पछिल्लो पटक परिमार्जन गरिएको मिति: १८ नोभेम्बर २०२४

Google को गोपनीयता नीतिले तपाईंले Google का उत्पादन तथा सेवाहरू चलाउँदा हामी तपाईंको व्यक्तिगत जानकारी कसरी व्यवस्थापन गर्छौँ भन्ने कुरा वर्णन गर्छ। तपाईंको उमेर १८ वर्षभन्दा कम छ भने तपाईं किशोरकिशोरीका लागि Google को गोपनीयतासम्बन्धी गाइडमा गई यस सम्बन्धमा थप जानकारी प्राप्त गर्न सक्नुहुन्छ।

Google खाता भएका प्रयोगकर्ताहरू मात्र Google Payments चलाउन सक्छन् र तपाईंले यो सेवा चलाउँदा Google को गोपनीयता नीति लागू हुन्छ। साथै गोपनीयतासम्बन्धी यो सूचनाले Google Payments का सम्बन्धमा लागू हुने गोपनीयतासम्बन्धी Google का अभ्यासहरूका बारेमा पनि वर्णन गर्छ।

तपाईंले Google Payments चलाउँदा Google Payments का सेवाका सर्तहरू लागू हुन्छन्। यी सर्तले गोपनीयतासम्बन्धी यो सूचनामा समेटिएका सेवाहरूका बारेमा अझ विस्तृत रूपमा वर्णन गर्छन्। Google Payments को गोपनीयतासम्बन्धी यो सूचनामा परिभाषित नगरिएका क्यापिटल अक्षरमा लेखिएका शब्दहरूको परिभाषा थाहा पाउन Google Payments का सेवाका सर्तहरू हेर्नुहोस्।

Google LLC वा यसको पूर्ण स्वामित्वमा रहेका Google Payment Corp. ('GPC') लगायतका सहायक संस्थाहरूले प्रदान गर्ने सेवाहरूमा Google Payments को गोपनीयतासम्बन्धी यो सूचना लागू हुन्छ। तपाईंले प्राप्त गर्नुभएको सेवा प्रदान गर्ने सहायक संस्था कुन हो भन्ने कुरा थाहा पाउन उक्त सेवाका साथमा तपाईंलाई उपलब्ध गराइएको Google Payments का सेवाका सर्तहरू पढ्नुहोस्।

हामीले सङ्कलन गर्ने जानकारी

Google को गोपनीयता नीतिमा सूचीकृत गरिएका जानकारीका अतिरिक्त हामी निम्न जानकारी पनि सङ्कलन गर्न सक्छौँ:

दर्तासम्बन्धी जानकारी

तपाईंले Google Payments मा साइन अप गर्दा तपाईंको Google खातासँग लिंक गरिएको Google Payments प्रोफाइल बनाइन्छ। तपाईंले प्रयोग गर्ने Google Payments का सेवाहरूका आधारमा Google को गोपनीयता नीतिमा सूचीबद्ध गरिएका जानकारीका अतिरिक्त तपाईंसँग निम्नलगायतका जानकारी माग्न सकिन्छ:

केही अवस्थाहरूमा हामी तपाईंको जानकारी वा पहिचान पुष्टि गर्न तपाईंसँग थप जानकारी माग्न वा तपाईंलाई थप प्रश्नहरूको जवाफ दिन पनि लगाउन सक्छौँ। अन्त्यमा, तपाईंले सेवा प्रदायक वा सेवा सञ्चालकको बिलिङ खाता दर्ता गर्नुभयो भने हामी तपाईंसँग तपाईंको सेवा प्रदायक वा सेवा सञ्चालक खाताका सम्बन्धमा निश्चित जानकारी माग्ने छौँ।

तपाईंको दर्तासम्बन्धी जानकारी तपाईंको Google खातासँगै भण्डारण गरिन्छ र तपाईंले दर्ता गर्नुभएको भुक्तानी विधि Google का सर्भरहरूमा भण्डारण गरिने छ। निश्चित प्रकारका डेटा तपाईंको मोबाइल डिभाइसमा भण्डारण गरिन पनि सक्छन्।

तेस्रो पक्षीय सेवाहरूबाट प्राप्त जानकारी

हामी पुष्टि गर्ने तेस्रो पक्षीय सेवालगायतका तेस्रो पक्षीय सेवाहरूबाट तपाईंको जानकारी प्राप्त गर्न सक्छौँ। यसमा निम्न कुराहरू समावेश हुन्छन्:

यसका साथै, विक्रेताहरूका हकमा हामी क्रेडिट ब्युरो वा व्यवसायसम्बन्धी जानकारी दिने सेवाबाट तपाईं र तपाईंको व्यवसायका बारेमा जानकारी प्राप्त गर्न सक्छौँ।

कारोबारसम्बन्धी जानकारी

तपाईंले Google Payments प्रयोग गरी कुनै कारोबार गर्दा हामी कारोबारसम्बन्धी निम्नलगायतका जानकारी सङ्कलन गर्न सक्छौँ:

हामी हामीले सङ्कलन गर्ने जानकारी कसरी प्रयोग गर्छौँ

Google को गोपनीयता नीतिमा उल्लेख गरिएका अवस्थामा बाहेक हामी तपाईंले हामीलाई, Google Payment Corp. (GPC) लाई वा हाम्रा अन्य सहायक संस्थाहरूलाई उपलब्ध गराउनुभएको जानकारी तथा हामीले तेस्रो पक्षीय सेवाहरूबाट प्राप्त गरेको तपाईंको जानकारी निम्न प्रयोजनका लागि प्रयोग गर्छौँ:

हामी तपाईंले उपलब्ध गराउने जानकारी तपाईंले Google Payments प्रयोग गरुन्जेल र कानुनी प्रक्रिया तथा नियामक निकायले तोकेका नियमहरूको पालना गर्ने प्रयोजनका लागि सामान्यभन्दा बढी अवधिसम्म भण्डारण गर्न सक्छौँ।

हामीले सेयर गर्ने जानकारी

हामी निम्न परिस्थितिमा मात्र Google बाहिरका अन्य कम्पनी वा व्यक्तिहरूसँग तपाईंको व्यक्तिगत जानकारी सेयर गर्ने छौँ:

जानकारी सेयर गर्न सकिने अवस्थाका केही उदाहरणहरू:

हामीले तेस्रो पक्षीय सेवाहरूबाट प्राप्त गरेका जानकारीलगायत हामीले सङ्कलन गर्ने जानकारी हाम्रा एफिलियटहरू अर्थात् Google LLC को स्वामित्व वा नियन्त्रणमा रहेका अन्य कम्पनीहरूसँग सेयर गरिन सक्छ। हाम्रा एफिलियटहरू (यस्ता संस्था वित्तीय वा गैर-वित्तीय दुवै प्रकृतिका हुन सक्छन्) ले उनीहरूको दैनिक व्यावसायिक प्रयोजनका लागि र यो गोपनीयतासम्बन्धी सूचना तथा Google को गोपनीयता नीतिमा उल्लिखित प्रयोजनका लागि त्यस्तो जानकारी प्रयोग गर्ने छन्।

हामी लागू हुने भएमा तपाईंलाई GPC र यसका एफिलियटहरूका बिचमा निश्चित जानकारी सेयर गर्ने प्रावधानबाट बाहिरिने अधिकार दिन्छौँ। खास गरी, तपाईं जानकारी सेयर गर्ने निम्न प्रावधानहरूबाट बाहिरिन सक्नुहुन्छ:

तपाईं कुनै तेस्रो पक्षीय व्यापारीको साइट वा एपमा जाँदा Google LLC वा यसका एफिलियटहरूले उक्त व्यापारीलाई तपाईंसँग उनको साइट वा एपमार्फत भुक्तानी गर्न मिल्ने Google Payments प्रोफाइल छ कि छैन भन्ने कुरा जानकारी दिने प्रावधानबाट पनि तपाईं बाहिरिन सक्नुहुन्छ।

तपाईं यो प्रावधानबाट बाहिरिनुभयो भने तपाईं आफ्नो छनौट नबदलेसम्म उक्त छनौट लागू भइरहने छ।

तपाईं हामीलाई GPC र यसका एफिलियटहरूका बिचमा तपाईंको ऋण तिर्ने क्षमतासम्बन्धी व्यक्तिगत जानकारी सेयर गर्न दिन चाहनुहुन्न वा तपाईं हाम्रा एफिलियटहरूलाई हामीले सङ्कलन गरेको तपाईंको व्यक्तिगत जानकारी प्रयोग गरी तपाईंसमक्ष बजारीकरण गर्न दिन चाहनुहुन्न वा तपाईं Google LLC वा यसका एफिलियटहरूलाई आफूले कुनै तेस्रो पक्षीय व्यापारीको साइट वा एपमा जाँदा उक्त व्यापारीलाई तपाईंसँग Google Payments खाता छ कि छैन भन्ने कुरा सूचित गर्न दिन चाहनुहुन्न भने कृपया हामीलाई आफ्नो प्राथमिकताका बारेमा जानकारी गराउनुहोस्। यसका ‌लागि आफ्नो खातामा लग इन गरेर Google Payments को गोपनीयतासम्बन्धी सेटिङमा जानुहोस् र आफ्ना प्राथमिकताहरू परिवर्तन गर्नुहोस्।

गोपनीयतासम्बन्धी यो सूचना वा Google को गोपनीयता नीतिमा वर्णन गरिएका अवस्थामा बाहेक हामी हाम्रा एफिलियट वा GPC बाहिरको कुनै पनि पक्षसँग तपाईंको व्यक्तिगत जानकारी सेयर गर्ने छैनौँ। Google Payments भनेको Google खाता भएका प्रयोगकर्ताहरूले मात्र चलाउन पाउने उत्पादन हो। गोपनीयतासम्बन्धी यो सूचनामा भएका अप्ट-आउटसम्बन्धी प्रावधानहरूले तपाईंले Google खातामा साइन अप गर्ने प्रयोजनका लागि Google LLC लाई उपलब्ध गराउनुभएको डेटामा कुनै प्रभाव पार्दैनन्।

तपाईंको जानकारी कसरी सुरक्षित राखिन्छ

सुरक्षासम्बन्धी हाम्रा अभ्यासहरूका सम्बन्धमा थप जानकारी प्राप्त गर्न कृपया गोपनीयतासम्बन्धी Google को मुख्य नीति हेर्नुहोस्।

तपाईंको Google Payments प्रोफाइलको सुरक्षा तपाईं आफ्नो खाताका पासवर्ड(हरू), PIN र सेवा चलाउन अनुमति दिने अन्य जानकारी गोप्य राख्नुहुन्छ कि राख्नुहुन्न भन्ने कुरामा भर पर्छ:

तपाईंले कुनै तेस्रो पक्षीय व्यापारी, वेबसाइट वा एपलाई सीधै उपलब्ध गराउनुभएको जानकारीका हकमा गोपनीयतासम्बन्धी यो सूचना लागू हुँदैन। तपाईंले आफ्ना व्यक्तिगत जानकारी सीधै सेयर गराउनुभएका व्यापारी वा अन्य तेस्रो पक्षको गोपनीयता वा सुरक्षासम्बन्धी अभ्यासहरूका सम्बन्धमा हामी जिम्मेवार हुँदैनौँ। हामी तपाईंलाई तपाईंले आफ्ना व्यक्तिगत जानकारी सीधै सेयर गर्ने सबै तेस्रो पक्षका गोपनीयता नीतिहरू राम्रोसँग पढ्न प्रोत्साहित गर्छौँ।

© 2024 Google – Google Home Google का सेवाका सर्तहरू गोपनीयतासम्बन्धी यसअघिका सूचनाहरू